• 3:43 pm

एम्बाप्पेको ह्याट्रिकमा पिएसजीको सहज जित

प्रकाशित मिति

२०७८ पुष २० गते, मंगलवार ०९:००

२० पुस २०७८, काठमाडौँ : युवा फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा सहज जित निकालेको छ । चौथो स्थानको वेन्समाथि ४-० को जित निकाल्दै पीएसजी अन्तिम ३२ को यात्रा तय गर्न सफल भएको हो ।


सोमबार राति भएको खेलमा २८औँ मिनेटमा प्रेस्नेल किम्पेम्बेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । यसपछी ५९, ७१ र ७६ मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरे ।

प्रतिकृया