• 3:45 pm

तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

प्रकाशित मिति

२०७८ पुष २० गते, मंगलवार ०७:१०

२० पुस २०७८, काठमाडौँ : तराईका धेरैजसो भूभागहरूमा बिहान हुस्सु-कुहिरो लागेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाकाअनुसार राति सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।


भोलि बुधबार सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

प्रतिकृया