युनिग्लोबको जब फेयर २०२२ सम्पन्न,२५ कम्पनीले गरे विद्यार्थीलाई जब अफर
प्रकाशित मिति
२०७८ पुष १९ गते, सोमबार ०५:३४

इच्छुक विद्यार्थीहरुले पासआउट भएको ६ महिना भित्र बेरोजगार बस्न नपर्ने : डा. नर बहादुर विष्ट
१९ पुस २०७८, काठमाडौँ : युनिग्लोब कलेजले सोमबार बानेश्वर स्थित कलेजको आफ्नै प्राङगणमा “युनिग्लोब जब फेयर २०२२” सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैक लगाएत २५ वटा कम्पनीहरुको सहभागिता थियो ।
उक्त कार्यक्रममा नबिल बैक, मुक्तिनाथ विकाश बैक, बैक अफ काठमान्डौँ,सानिमा लाईफ ईन्सुरेन्स,कामना सेवा विकाश बैक लगाएतका विभिन्न २५ वटा कम्पनीले विद्यार्थीहरुलाई जब अफर गरेका छन् । जब अफर गर्ने कम्पनीलाई स्वयंसेवक सहित छुट्टा-छुट्टै कक्ष छुट्याएर राखिएको र विद्यार्थीले बाहिर रजिष्ट्रर फर्म भरि सम्बन्धित कक्षमा गई अन्तर्वाता दिन सकिने व्यवस्था मिलाईएको कार्यक्रम निर्देशक अनन्तराज घिमिरेले जानकारी दिए ।
त्यसैगरी, ग्रोथ सेलरका कार्यकारी निर्देशक मोहन ओझाले म्यानेजमेन्ट फिल्डका विद्यार्थीहरुलाई सबै क्षेत्र खुल्ला रहेको भन्दै युनिग्लोब कलेजसगँ सहकार्य गर्न सधै तत्पर रहेको बताए ।

युनिग्लोबका निर्देशक अनन्तराज घिमिरेले नेपाल राष्ट्र बैकले १९ जनाको विज्ञापनमा ५ जना युनिग्लोब कलेजको विद्यार्थी छनौट भएको पनि बताएका छन् । कार्यक्रममा कलेजका प्रिन्सिपल डा. नर बहादुर विष्टले इच्छुक विद्यार्थीहरुले पासआउट भएको ६ महिना भित्र कसैले पनि बेरोजगार बस्न नपर्ने जिकीर गरे ।
प्रतिकृया