• १० असोज २०८३, शनिबार
  • ८ः१७ राती

मर्दी हिमालमा ‘समर स्की’ महोत्सव हुने

प्रकाशित मिति

२०७८ पुष १९ गते, सोमबार ०१:००

१९ पुस २०७८, काठमाडौँ : कास्कीको मर्दी हिमालमा ‘समर स्की’ महोत्सव हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्द्धन गर्दै समर स्की खेलको विकास गर्ने उद्देश्यले मर्दी हिमालको आधार शिविरमा महत्सवको आयोजना गरिएको हो । फेब्रुवरी १० देखि १८ (माघ २७ देखि फागुन ३) सम्म स्की महोत्सव गर्न लागिएको दीगो हिमालयन कोषका सदस्य प्रभात अधिकारीले जानकारी दिए ।

National Life

उनले नेपालमा स्की पर्यटनको विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए । उनका अनुसार संस्थाले यसअघि मनास्लु, कालिन्चोक लगायतका स्थानमा महोत्सवको आयोजना गरिसेको छ । अन्तर्राष्ट्रिय स्की प्रशिक्षक कृष्ण थापा मगरको प्रशिक्षण तथा सहजीकरणमा महोत्सव गर्न लागेको आयोजक संस्थाका अध्यक्ष रामबहादुर थापाले बताए ।


मर्दी हिमालको आधार शिविरमा आयोजना गरिएको महोत्सवपछि यस क्षेत्रको पदयात्रालाई थप सहयोग पुग्ने उनको विश्वास छ । महोत्सवमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालय, गण्डकी प्रदेशको उद्योग, पर्यटन मन्त्रालय, नेपाल पर्वतारोहण संघ, टान, गण्डकी अल्पाईन क्लव लगायतकाले सहकार्य गरेका छन् । महोत्सव अन्र्तगत पदयात्रा, आधारभुत स्की तथा स्नोबोर्ड तालिम, जीवनरक्षा तालिम, स्थानीय समुदायसँग अन्तरक्रिया तथा स्की सम्बन्धि बृत्तचित्रहरु प्रदर्शन गरिने अध्यक्ष थापाले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनका अनुसार संस्थाले ६ पटकसम्म लाङटाङ क्षेत्रमा स्की सम्बन्धि तालिम गराईसकेको छ । यसैगरी धौलागिरी हिमालमा डाउनहिल स्की अभियान, अन्नपूर्ण आधार शिविर, याला हिमाल मनास्लु, थोराङ भञ्ज्याङ, फ्रान्सको व्यालेन्स हिमाल, गोसाईंकुण्ड, मिरा हिमाल, मुक्तिनाथ क्षेत्र मनाङ लगायतका स्थानमा स्की पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।


महोत्सवले आन्तरिक पर्यटनको प्रवद्र्धन हुने र नेपालको पर्यटनमा नयाँ खेलका रुपमा विकास हुने आयोजकको विश्वास रहेको छ । ग्रेट हिमालयन स्की भ्रमण नाम दिइएको महोत्सव सम्पन्न गर्न १६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सवमा भाग लिनेको बीमाका लागि २ लाख २० हजार रुपैंया विनियोजन गरिएको आयोजकले जनाएको छ ।

प्रतिकृया