• ९ असोज २०८३, शुक्रबार
  • ४ः०५ बेलुका

मूख्य मन्त्री राजेन्द्र पाण्डे धादिङ जाँदैै

प्रकाशित मिति

२०७८ पुष १९ गते, सोमबार ०१:००

सुजिता सापकोटा, १९ पुस २०७८, काठमाडौंं : बागमती प्रदेशका मूख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डे यो साता धादिङ जाने भएका छन् । थोपलखोला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभाका लागि उनी यहि शुक्रबार नेत्रावती , धादिङ जान लागेका हुन् ।

National Life

धादिङ नेत्रावती डोबजोङ ४ भर्याङभुरुङ्ग, नयाँबस्तीमा अवस्थित थोपलखोला सहकारीले यहि २३ गते आयोजना गर्न लागेको १३औँ वार्षिक साधारण सभामा मूख्यमन्त्री पाण्डे प्रमूख अतिथिका रुपमा उपस्थित हुने निश्चित भएको नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी सदस्य हरि प्रसाद सापकोटाले बताए ।


धादिङ जनताका ढुकढुकी बन्न सफल रहेका पाण्डे पूर्व स्थानीय विकास मन्त्री तथा नेकपा एकिकृत समाजवादी पार्टीका प्रथम उपाध्यक्ष समेत हुन् । लोकप्रीय कम्युनिष्ट नेता पाण्डेको उपस्थितिले उक्त कार्यक्रमको गरिमा बढ्ने विश्वास स्थानीयले ब्यक्त गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सहकारीका अध्यक्ष शिब प्रसाद सापकोटाका अनुसार उक्त कार्यक्रम मूख्य मन्त्री पाण्डेसँगै अन्य बिशिष्ट ब्यक्तित्वको उपस्थितिमा सम्पन्न हुने छ । सो सभा पुस २३ गते दिउँसो १२ बजे शुरु हुने छ ।


यस संस्थाले दुघ्ध संकलन केन्द्र स्थापना गरेको र समय समयमा किसानहरुलाई कलमी विरुवा समेत बितरण गर्दै आएको उपाध्यक्ष बासुराम अधिकारीले जनाकारी दिए ।


त्यस्तै, थोपलखोला सहकारीले किसानहरुलाई सौलियत दरमा रसायनिक मल उपलब्ध गराउँदै आएको सचिब मेघनाथ रिजालको दाबी छ ।


हाल उक्त सहकारीमा २ सय ६१ सदस्यहरु रहेका छन् ।

प्रतिकृया