राष्ट्रियसभाको १९ सिटको भागबन्डा मिल्यो, कसलाई कति ? (सूचीसहित)
प्रकाशित मिति
२०७८ पुष १९ गते, सोमबार ०१:२३

१९ पुस २०७८, काठमाडौँ : सत्तारूढ गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकले १९ सिटमा भागबण्डा मिलाएको हो । नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालका अनुसार बैठकमा काँग्रेसलाई ६, माओवादीलाई पाँच, एकीकृत समाजवादीलाई ५, जसपालाई २ र जनमोर्चालाई एक सिट दिने सहमति भएको छ ।
एमालेबाट खाली हुने सिटमध्ये ३ वटा नेपाली कांग्रेस, दुईवटा जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट लिने गरी सहमति जुटेको उनले जानकारी दिए ।
एमालेबाट आठ जना, माओवादी केन्द्रबाट चार, एकीकृत समाजवादीबाट चार र कांग्रेसबाट तीन जना सांसद बिदा हुने क्रममा छन् । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ ।
उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न निर्वाचन आयोगले यही पुस २० गतेको समय निर्धारण गरेको छ ।
प्रतिकृया