• 7:56 am

बैंक अफ काठमाण्डू लिमिटेडको ‘बिओके स्मार्ट सेभिङ एकाउन्ट’ संचलनमा

प्रकाशित मिति

२०७८ पुष १८ गते, आईतवार ०४:४६

१८ पुस २०७८, काठमाडौँ :  बैंक अफ काठमाण्डू लिमिटेडले ‘बिओके स्मार्ट सेभिङ एकाउन्ट’ सचलनमा ल्याएको छ । उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहकहरुको उच्चतम् लाभलाई मध्य नजर गर्दै ‘बिओके स्मार्ट सेभिङ एकाउन्ट सार्वजनिक गरेको बैंकले उल्लेख गरेको छ ।


आईतबार प्रेस विज्ञप्ति जारी गरी ‘कारोबार अब अझ फटाफट’ भन्ने मुलनाराका साथ ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरुमा थुप्रै छुटहरुको साथ उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता संचालनमा ल्याएको छ ।


उक्त बचत खाता प्रबिधिको प्रयोग गरी अनलाइनको माध्यमबाट पनि खाता खोल्न सकिने जनाएको छ । यस बचत खाता खोल्दा ग्राहकले ६.५५ प्रतिशत वार्षिक ब्याजदरसहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा, बिओक इ-कम डलर कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य बैंकिङ्ग सेवाहरुमा धेरै छुटहरुको फाइदा उपयोग गर्न सक्ने पनि जनाएको छ ।


थुप्रै छुट अनि धेरै सुबिधाहरुसहित बैंकले सार्वजनिक गरेको उक्त बचत खाताले ग्राहक महानुभावहरुको बैंकिङ्ग कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले व्यक्त गरेको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको जनाएको छ ।

प्रतिकृया