कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार हुने
प्रकाशित मिति
२०७८ पुष १८ गते, आईतवार ०४:४९
१८ पुस २०७८, काठमाडौँ : कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबारका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेललले सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको जानाकारी दिए ।
१४ औँ महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको सोमबार बस्ने बैठक दोस्रो हो । सभापति देउवाले दोस्रो बैठक बस्नुअघि १३ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । उनले महाधिवेशनमा आफूलाई सघाएका नेताहरुलाई मनोनित गरेका छन् ।
उनले शनिबार १० जना र आइतबार ३ जनालाई मनोनित गरेका हुन् । विधानअनुसार देउवाले अझै २० जना मनोनित गर्न सक्छन् । सभापतिले ३३ जना केन्द्रीय सदस्य समावेशीका आधारमा मनोनित गर्न सक्ने विधानमा व्यवस्था छ ।
सभापतिमा पराजित डा शेखर कोइरालाले पहिलो बैठक बहिस्कार गरेका थिए। देउवाले डा। कोइरालाको वरीयता पछाडी राखेपछि उनी पहिलो बैठकमा सहभागी भएनन् । दोस्रो बैठकमा उनले के गर्छन् भन्ने टुंगो लागिनसकेको उनी निकट स्रोतले जनायो । वरीयता विवाद मिलेको छैन । सोमबारको बैठकमा यो विवादले प्रवेश पाउने एक केन्द्रीय सदस्यले जानकारी दिए ।






प्रतिकृया