• १९ असोज २०८३, सोमबार
  • ५ः४५ बेलुका

देउवालाई विगत सच्याउने एउटा अवसर

प्रकाशित मिति

२०७८ पुष ११ गते, आईतवार ०६:५७

११ पुस २०७८, काठमाडौँ : नेपाली कांग्रेसको सभापतिका रूपमा पहिलो कार्यकाल आन्तरिक किचलोमै गुजारेका शेरबहादुर देउवाले शनिबारबाट पार्टी सभापतिका रूपमा दोस्रो कार्यकाल सम्हालेका छन्। अन्योल र अनिश्चयबीच मंसिर २४ गतेबाट सुरु भएको कांग्रेसको १४औं महाधिवेशनले देउवालाई पुनः सभापतिमा निर्वाचित गरेको हो। कांग्रेस निर्वाचन समितिबाट शनिबार प्रमाणपत्र लिएलगत्तै देउवाले केन्द्रीय समितिको बैठकमार्फत सभापतिका रूपमा दोस्रो कार्यकाल सुरु गरेका हुन्।

National Life

पहिलो कार्यकालका रूपमा साढे पाँच वर्ष गुजारेका देउवाले पार्टी संगठन सुधारका लागि उल्लेख्य काम गर्न सकेनन्। पार्टीभित्र र बाहिरबाट आलोचनामै पहिलो कार्यकाल गुजारेका देउवाका लागि दोस्रो कार्यकाल विगतलाई सच्याउने एउटा अवसरका रूपमा आएको छ। विधानको पालना र सहमतिबाट पार्टी सञ्चालन दुवैमा असफल देखिएका देउवाका लागि आगामी दिनमा पनि सोही चुनौती छ। आफू कांग्रेस राजनीतिमा सक्रिय हुँदाका बेला जन्मिएका नेता–कार्यकर्तालाई १४औं महाधिवेशनबाट सहकर्मीका रूपमा देउवाले पाएका छन्।


टेबुल ठोकेर पार्टीका विषयमा मात्र होइन, राष्ट्रिय मुद्दामा बहस गर्ने नेताबिनै सुरु भएको दोस्रो कार्यकालमा पदाधिकारीसहित केन्द्रीय समितिमा आएका युवा पुस्तालाई विश्वासमा लिने र अघिल्लो पुस्तालाई समेटेर अघि बढ्ने चुनौती देउवासामु छन्। रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, कुलबहादुर गुरुङसहितका नेता कांग्रेसको केन्द्रीय समितिमा छैनन्। उनीहरूलाई समेट्नुपर्ने चुनौती देउवालाई छ भने पदाधिकारीमा पराजित केही नेतालाई पनि अटाउनुपर्ने बाध्यता पनि उनीसँग छ। यो समाचार नागरिक दैनिकमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया