• १९ असोज २०८३, सोमबार
  • ६ः२४ बेलुका

बैंकको ब्याज बढेकोप्रति नेपाल राष्ट्रिय व्यवसायी महासंघको आपत्ति

प्रकाशित मिति

२०७८ पुष ११ गते, आईतवार ०६:५३

११ पुस, २०७८ काठमाडौँ : बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम (तरलता) को बहानामा ऋणको ब्याजदर अत्यधिक बढाएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ। महासंघका अध्यक्ष नरेश कटुवालले लगानीमा रहेको ऋणको पनि बैंकले मनपरी ढंगले ब्याज बढाइरहेको भन्दै बढाइएको ब्याज तत्काल फिर्ता लिन आग्रह गरेका छन्।

National Life

उनले बैंकको पछिल्लो कामकारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको बताए। कोरोनाका कारण निकै अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसाय पुनः बैंकको ब्याजदरका कारण समस्या खेपिरहेको महासंघको ठहर छ। उद्योग व्यवसाय गर्नेहरूले अहिले बैंकबाट सहज तरिकाले ऋण पाउन सक्ने अवस्था छैन।


‘पछिल्लो समय बैंकहरूले तरलता अभावको बहानामा उद्योगी व्यवसायीलाई ऋण अड्काउने, मनपरी ब्याजदर बढाउनेजस्ता गतिविधिप्रति नेपाल राष्ट्रिय व्यवसायी महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’, अध्यक्ष कटुवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अझ खास गरी साना तथा मझौला एवं घरेलु उद्योगी व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाले गर्ने व्यवहारसमेत फरक हुने र यस्तो अवस्थामा ठूला उद्योगी व्यवसायीलाई मात्रै सहज तरिकाले ऋण प्रवाह गर्ने गरेको समेत गुनासो सुनिन आएको छ।’

Classic Tech Mobile
Classic Tech Desktop

अचाक्ली बढाइएको ब्याजदर फिर्ता लिएर सहज तरिकाले उद्योग व्यवसाय गर्ने वातावरण निर्माण गर्न महासंघले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग समेत आग्रह गरेको छ।

प्रतिकृया