• १७ असोज २०८३, शनिबार
  • ९ः१८ बिहान

कांग्रेसका नवनिर्वाचित पदाधिकारी एवं सदस्यलाई प्रमाणपत्र वितरण गरिँदै

प्रकाशित मिति

२०७८ पुष ९ गते, शुक्रबार ०७:४३

९ पुस २०७८, काठमाडौँ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचित भएको प्रमाण पत्र आज (शुक्रबार) दिइने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी एवं सदस्यहरुलाई बिहान ११ बजे प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

National Life

महाधिवेशन अन्तर्गत मतदान भएको ११ दिनपछि बिहीबार सबै पदको मतगणना सकिएर अन्तिम मतपरिणाम सार्वजनिक गरेपछि त्यसको भोलिपल्ट प्रमाणपत्र प्रदान गर्न लागिएको हो। लगतै सभापति शेरबहादुर देउवाले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। भोलि नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्नेछ ।

प्रतिकृया