• १७ असोज २०८३, शनिबार
  • ८ः३८ बिहान

दाङमा प्रहरीकै मोटरसाइकल लिएर कैदी फरार

प्रकाशित मिति

२०७८ पुष ९ गते, शुक्रबार ०७:५९

९ पुस, २०७८ काठमाडौँ : दाङमा प्रहरीकै मोटरसाइकल लिएर कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भएर सजाय भुक्तान गरिरहेका राजपुर गाउँपालिका– २८ जयराम परियार बिहीबार दिउँसो अस्पतालबाट भागेका हुन् । घोराही कारागारका नाइके समेत रहेका परियार बिहीबार दिउँसो फरार भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् ।

National Life

उनका अनुसार परियार बिहान छालाको उपचार गर्न भन्दै घोराहीस्थित एक अस्पतालमा बिहान ११ बजेतिर प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर गएका थिए । उपचारका लागि भनेर हतकडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।


उनका अनुसार प्रहरी जवान चौधरीको मिलेमतोमा परियार भागेको आशंका छ । घटनाबारे प्रहरी जवान चौधरीले दिउँसो चार बजेतिर मात्रै जानकारी गराएका थिए । चौधरीको भूमिका शंकास्पद देखिएपछि उनलाई थुनामा राखेर अनुसन्धान भैइरहेको छ । फरार भएका परियारको खोजीमा प्रहरी परिचालन गरिएको एसपी काफ्लेले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया