• ४ साउन २०८३, सोमबार
  • ९:१४ बेलुका

काठमाडौंको स्थानीय तहका गत आर्थिक वर्षको प्रगति समिक्षा शुरू

प्रकाशित मिति

२०७८ पुष ८ गते, बिहीबार ०४:५२

८ पुस २०७८, काठमाडौं : जिल्ला समन्वय समिति काठमाडौंले जिल्लाभित्रका स्थानीय तहका गत आर्थिक वर्ष २०७७\७८ को वार्षिक प्रगति समिक्षा बुधबारदेखि शुरू गरेको छ । जिसस काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यको अध्यक्षतामा शुरू भएको पहिलो दिनको समिक्षा कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर, चन्द्रागिरी, तारकेश्वर र कीर्तिपुर नगरपालिकाको गत आर्थिक बर्षको प्रगति समिक्षा भएको छ ।


उक्त नगरपालिकाले चालु आर्थिक बर्ष २०७८\०७९ को हालसम्म गरेका कामहरुको प्रगतिको समेत उक्त समिक्षा कार्यक्रममा प्रगति प्रस्तुत गरेका थिए ।

Kamana Sewa

विहिबार जिल्ला समन्वय समिति काठमाडौं, काठमाडौं महानगरपालिका, टोखा नगरपालिका, दक्षिणकाली नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, शंखरापुर नगरपालिका र नागार्जुन नगरपालिकाले गत आर्थिक बर्ष २०७७\०७८ मा गरेका प्रगतिको समिक्षा हुने छ । समिक्षा कार्यक्रममा जिसस काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले बुधवार समिक्षा भएका नगरपालिकाको काम सन्तोषजनक रहे पनि अझ बढि प्रगति गर्न आग्रह गरे । स्थानीय तहका जनप्रतिनिधिको यो वर्ष अन्तिम वर्ष भएको भन्दै उहाँले केही नगरपालिकामा बेरुजु बढेकाले बाँकी समयमा उक्त बेरुजु घटाउने गरी काम गर्नुपर्ने बताए ।

Classic Tech Desktop

जिल्ला समन्वय समिति काठमाडौंका उपप्रमुख सरिता दाहाल र जिल्ला समन्वय अधिकारी राजेन्द्रबहादुर अर्यालले काठमाडौं जिल्लामा सञ्चालित विकास कार्यक्रम लगायत पूर्वाधार विकास कार्यक्रमलाई शुसानमैत्री बनाउनुपर्नेमा जोड दिए । तिनै तह मिलेर काम भएकाले जिल्लाभित्रको स्थानीय तहको कामलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकिएको जिससले जनाएको छ ।


कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी, दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत, कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल, बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख रमादेवी राई, तारकेश्वर नगरपालिकाका उपप्रमुख भवानी डोटेल धिताल, नागार्जुन नगरपालिकाका उपप्रमुख सुशिला अधिकारी, शंखरापुर नगरपालिकाका उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठको सहभागिता रहेको थियो ।


त्यसैगरी, कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर सन्देश ढकाल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, चन्द्रागिरी नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, किर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले तारकेश्वर नगरपालिकाका प्रमुख प्रकासकीय अधिकृत शिवप्रसाद लम्सालले गत वर्षको प्रगतिको प्रिजेन्टेशन गरेका थिए । समिक्षा कार्यक्रम जिससका शाखा अधिकृत मधु अर्याललले सञ्चालन गरेका थिए ।

प्रतिकृया