• २० असोज २०८३, मंगलबार
  • ३ः०३ राती

अनाथ आश्रमले पुर्‍यायो अनाथ बालबालिकाका लागि ५० लाखको अक्षयकोष

प्रकाशित मिति

२०७८ पुष ८ गते, बिहीबार १०:५२

८ पुस २०७८, काठमाडौं : अनाथ तथा असहाय बालबालिकाको हेरचाह तथा शिक्षाका लागि स्थापना गरिएको अनाथ आश्रमले ५० लाखको अक्षयकोष पुर्‍याएको छ ।

National Life

रुपन्देहीको मणिग्राममा सञ्चालित रामचन्द्र मैनादेवी अनाथ आश्रमले यो वर्षसम्म एक करोड रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको थियो । तर, कोराना महामारीका कारण सहयोग नजुट्दा लक्ष्य पूरा हुन नसकेको आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीले बताइन् ।


अहिले अक्षयकोषबाट प्राप्त हुने ब्याज र दाताको सहयोगमै बालबालिकाको पालनपोषण भैरहेको छ। तर, खर्च जुटाउन निकै मुस्किल परेको आश्रमकी अध्यक्ष भण्डारीको भनाइ छ। ‘आगामी दिनमा अक्षयकोष एक करोड पुर्‍याउने लक्ष्य छ,’ भण्डारीले भनिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

अक्षयकोष एक करोड पुर्‍याएर त्यसैको ब्याजबाट आश्रमको व्यवस्थापन खर्च र बालबालिकाको पालनपोषण तथा अध्ययनमा खर्चिने उनको योजना छ।


भण्डारीका अनुसार हालसम्म ३७ जनाले आश्रय लिइसकेका छन् । ‘अहिले नौ जना अनाथ मात्रै आश्रममा छन्,’ भण्डारीले भनिन् । आश्रममा आश्रय लिएर उच्च शिक्षा हासिल गरिसकेका २८ जना आश्रमबाट बिदा भैसकेका छन् ।


आश्रमको व्यवस्थापनका लागि तिलोत्तमा नगरपालिकाले पनि सहयोग गर्दै आएको तिलोत्तमा ६ का वडाअध्यक्ष सुकदेव न्यौपानेले बताए ।


२०५३ सालमा अनाथ तथा असहाय महिला कल्याण समाजको नामबाट स्थापना भएको संस्था २०६२ सालबाट आत्मशान्ति अनाथ आश्रमको रुपमा स्थापना भएको हो ।

प्रतिकृया