• १७ असोज २०८३, शनिबार
  • ६ः५७ बिहान

साफ यु–१९ को उपाधि बंगलादेशलाई

प्रकाशित मिति

२०७८ पुष ८ गते, बिहीबार ०७:०७

८ पुस २०७८, काठमाडौँ : आयोजक बंगलादेशले लगातार दोस्रो पटक यु–१९ साफ च्याम्पियनसिपको उपाधि हात पारेको छ । ढाकामा भएको फाइनल खेलमा बंगलादेशले भारतलाई १–० ले पराजित गर्दै घरेलु भूमिमा उपाधि जितेको हो ।

National Life

यसअघि भुटानमा भएको यु–१८ साफमा नेपाललाई पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो । त्यसपछिको संस्करण कोरोना भाइरसका कारण हुन नसकेपछि साफले यु–१९ साफ प्रतियोगिता गरेको हो ।


बंगलादेशको जितमा मोगिनीले ८० औं मिनेटमा निर्णायक गोल गरिन् । खेलमा दुबै टोलीले केहि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । सिंगल राउण्ड रोबिनको आधारमा भएको प्रतियोगितामा ५ टोलीको सहभागितामा रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

बंगलादेश विजेता हुँदा भारत उपविजेतामा सिमित रह्यो । यता, नेपाल तेस्रो स्थानमा रहँदा भुटान चौथो रह्यो भने श्रीलंका पुछारमा रह्यो ।

प्रतिकृया