• १८ असोज २०८३, आइतबार
  • ९ः४४ राती

७ पटक म्याद थप्दा पनि कमलबिनायक नगरकोट सडक अलपत्र, चाँगुनारायण नगरपालिकाले गर्यो आन्दोलनको घोषणा

प्रकाशित मिति

२०७८ पुष ७ गते, बुधबार ०५:०७

अरनिको राजमार्ग चक्काजाम गर्ने नगरपालिकाको चेतावनी

National Life

७ पुस २०७८, काठमाडौं : कमलबिनायक नगरकोट सडक ७ पटक म्याद थप्दा पनि निर्माण हुन नसकेको भन्दै चाँगुनारायण नगरपालिकाले दवाब तथा आन्दोलन कार्यक्रम घोषणा गरेको छ । आज बुधबार नगरपालिकाले प्रेस बिज्ञप्ति जारी गर्दै आन्दोलनको अर्को बिकल्प नरहेको बताएको हो ।


ठेकेदार कम्पनीले जतिसुकै लापरवाही गरेर काममा ढिलासुस्ती गरेता पनि नेपाल सरकारले विभिन्न बाहनाबाजीमा ७ पटक म्याद थपि सकेको र उक्त सडक निर्माणको काम कछुवा गतिमा हिँडेकोमा खेद ब्यक्त गर्दै नगरपालिकाले यहि पुसको ७ गते देखि दवाव तथा आन्दोलन कार्यक्रम तर्जुमा गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

२ वर्षमा सक्नुपर्ने काम ८ वर्षसम्म पनि नसक्ने, दवाब तथा पहलको कुनै वास्ता नहुने, बारम्बार म्याद मात्र थपि रहने अनि जनताले सधै सास्ती व्यहोर्नुपर्ने अवस्था रहेपछि ठेकेदारलाई कारवाही गर्न प्रधानमन्त्रीको कार्यालय, सिंहदरवारलाई पत्राचार समेत गरिएको तर पनि पूरानै रुपमा काम गरे जस्तो मात्रै गरेका हुनाले दबाब तथा आन्दोलनमा कार्यक्रमहरुको बिकल्प नरहेको उल्लेख गरिएको छ ।


भूकम्प र कोरोना महामारीले बिथोलेको धरहरा पुन बनिसकेको र रानीपोखरी पनि पुन सञ्चानमा आइसकेको अबगत गराउँदै उक्त सडक अझैपनि उस्तै अवस्थामा रहेकोमा नगरपालिकाले ले खेद ब्यक्त गरेको छ ।


“यो विचमा भुकम्प पनि आयो, कोरोना महामारी पनि आयो, काम गर्न केही बाधाहरु पक्कै भए तर धरहरा ढलेर पुनः उठिसक्दा पनि, रानिपोखरी सुकेर पुन भरिसक्दा पनि, यो बाटो नबन्नु अत्यन्त दुःखद् कुरा हो ” , बिज्ञप्तिमा लेखिएको छ ।


प्रदेशमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधीहरुले उक्त बाटोको सन्र्दभमा केही चासो लिएर बोलेता पनि बोलीहरु कार्यान्वयन नभएकले प्रतिनिधीहरु निर्वाचन केन्द्रित वा आफ्नो पक्षमा माहोल खडा गर्न मात्र केन्द्रित भएको स्थानीय जनताले संका गरेका पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।


बुधवार जारी गरिएको प्रेस बिज्ञप्तिमार्फत चाँगुनारायण नगरपालिका, सम्पूर्ण नगरबासी, राजनैतिक दलहरु, संघसंस्थाहरु समक्ष दवाब तथा आन्दोलनका कार्यक्रमहरुमा सहभागिता, सर्मथन र सक्रिय भुमिका निर्वाह गर्न आह्वान गरिएको छ ।


पहिलो चरणका दवाब तथा आन्दोलनका कार्यक्रमहरु पुस ७, ११, १३ र १५ गते हुने नगरपालिकाले जनाएको छ । उक्त चरणमा सडक निर्माण कार्य अलपत्र पर्नुका कारणका विषयमा सरोकारवालासंगको अन्तरक्रिया गर्ने देखि ठेकेदार कम्पनिको कार्यालय तथा निवास घेराउ गर्ने तथा अरनिको राजमार्ग चक्काजाम समेत गर्ने चेतावनी नगरपालिकाले दिएको छ ।

प्रतिकृया