• १७ असोज २०८३, शनिबार
  • ६ः५६ बिहान

१० खेलाडीमा सीमित सेभिल्लासँग बराबरीमा रोकियो बार्सिलोना

प्रकाशित मिति

२०७८ पुष ७ गते, बुधबार ०९:१३

७ पुस २०७८, काठमाडौँ : स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोना १० खेलाडीमा सीमित भएको सेभिल्लासँग बराबरीमा रोकिएको छ। अवे मैदानमा भएको खेलमा बार्सिलोनाले सेभिल्लासँग १–१ को बराबरी खेलेको हो ।

National Life

३२ औँ मिनेटमा एलेहान्ड्रो गोमेजले गोल गरी घरेलु टोलीलाई सुरुवाति अग्रता दिलायो । बार्सिलोनाका लागि ४५ औँ मिनेटमा रोनाल्ड अराउजोले बराबरी गोल फर्काएका हुन् । ६४ औँ मिनेटमा कौन्डे सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि सेभिल्ला १० खेलाडीमा सीमित भयो । तर बार्सिलोनाले त्यसको फाइदा भने लिन सकेन ।


बराबरीपछि दोस्रो स्थानको सेभिल्लाको १८ खेलबाट ३८ तथा सातौँ स्थानको बार्सिलोनाको १८ खेलबाट २८ अंक भएको छ । मंगलबार राति नै भएको खेलमा भिल्लारियलले एलाभेसमाथि ५–२ को जित दर्ता गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया