• १७ असोज २०८३, शनिबार
  • ७ः३३ बिहान

बराबरीमा रोक्दै टोटनह्यामले लिभरपुललाई

प्रकाशित मिति

२०७८ पुष ५ गते, सोमबार ०७:५८

५ पौष २०७८ , काठमाडौँ : इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले लिभरपुललाई बराबरीमा रोकेको छ । गएराती सम्पन्न खेलमा टोटनह्याम र लिभरपुल २(२ गोलको बराबरीमा रोकिएका हुन् । टोटनह्यामका लागि ह्यारी केन र सन हेंग मिनले एक एक गोल गरेका हुन् । त्यस्तै लिभरपुलका लागि डिओगो जोटा र आन्ड्रे रोबेर्टसनले एक एक गोल गरेका थिए ।

National Life

यस खेलमा खेलको ७७औ मिनेटमा लिभरपुलका गोलकर्ता रोबेर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सिमित भएको थियो । यो बराबरीपछि लिभरपुलको १८ खेलमा ४१ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै टोटनह्यामको भने १५ खेलमा २६ अंकसहित सातौ स्थानमा रहेको छ ।

प्रतिकृया