• ४ साउन २०८३, सोमबार
  • ८:३२ बेलुका

आर्सनल विजयी

प्रकाशित मिति

२०७८ पुष ४ गते, आईतवार ०८:२०

४ पुस २०७८ काठमाडौँ :  इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गएराती भएको खेलमा आर्सनलले लीड्सलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा गाब्रियल मार्टिनेल्लीले दुई तथा बुकायो साका र इमेली स्मिथ रोवेले एक-एक गोल गरे ।


जितसँगै आर्सनल १८ खेलबाट ३२ अंकसहित लिगको चौथो स्थानमा छ । पराजित लीड्स १६ अंकका साथ १६ औँ स्थानमा छ । प्रिमियर लिगमा ४१ अंकसहित म्यान्चेष्टर सिटी शीर्ष स्थानमा छ ।

Kamana Sewa

प्रतिकृया