• १७ असोज २०८३, शनिबार
  • ६ः५६ बिहान

महिला च्याम्पियनसिप अन्तर्गत तेस्रो खेलमा नेपालले शुक्रबार भूटानसँग खेल्दै

प्रकाशित मिति

२०७८ पुष २ गते, शुक्रबार १०:३४

२ पुस २०७८, काठमाडौँ : बंगलादेशमा जारी साफ यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले शुक्रबार भूटानसँग खेल्दैछ। २ खेलमा ४ अंक भएको नेपाललाई शीर्ष दुईमा स्थान बनाउने सम्भावना कायम राख्न यो खेलमा जीतको विकल्प छैन। दुई खेलबाट ६ अंक भएको भारत पहिलो र दुई खेलबाट ४ अंक भएको बंगलादेश दोस्रो स्थानमा छ।

National Life

पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६-० गोलले हराएको थियो। नेपाल र भूटानबीचको खेल नेपाली समयअनुसार साँझ ७ बजे सुरु हुनेछ। भूटानको दुई खेलबाट ३ अंक छ। पहिलो खेलमा श्रीलंकालाई ५-० गोलले हराएको भूटान दोस्रो खेलमा बंगलादेशसँग ६-० गोलले पराजित भएको थियो।


शुक्रबार नै हुने अर्को खेलमा भारत र बंगलादेश भिड्ने छन्। यो खेल दिउँसो ३ बजे सुरु हुनेछ। पहिलो खेलमा श्रीलंकालाई ५-० गोलले हराएको भारतले दोस्रो खेलमा भूटानलाई ३-० गोलले हराएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

पाँच टोली सहभागी रहेको यस प्रतियोगितामा राउन्ड रोबिन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतिकृया