• १७ असोज २०८३, शनिबार
  • ७ः३३ बिहान

लिभरपुलको जीतमा सलाहको कीर्तिमानी गोल

प्रकाशित मिति

२०७८ पुष २ गते, शुक्रबार ०७:३७

२ पुस २०७८, काठमाडौँ : एक गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जीत निकालेको छ। बिहीबार राति घरेलु मैदान एनफिल्डरमा भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध ३-१ अन्तरको जीत निकालेको हो। लिभरपुलरको १२औँ जीतमा डियगो जोटा, मोहम्मद सलाह र ट्रेन्ट एलेक्जान्डर अर्नोल्डले १-१ गोल गरे।

National Life

सलाहले यस गोलसँगै प्रिमियर लिगमा अर्को कीर्तिमान बनाएका छन्। उनले जेमी भार्डीको नाममा रहेको कीर्तिमान तोडेका हुन्। यसअघि भ्रमणकारी टोली न्युक्यासल जोन्जो सेल्भेले खेलको ७औँ मिनेटमा अग्रता दिलाएका थिए। २१ मिनेटमा जोटाले खेललाई बराबरी स्थितिमा ल्याए। २५औँ मिनेटमा सलाहले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-१ को अग्रता बनाए।


खेलको ८७औँ मिनेटमा ट्रेन्टले गोल गर्दै लिभरपुललाई ३-१ अन्तरको पुनरागमन जीत दिलाए। जीतसँगै लिभरपुल १७ खेलबाट ४० अंक बनाएर दोस्रो स्थानमा छ। पराजित न्युक्यासल भने १७ खेलबाट १० अंक बनाउँदै पुछारबाट दोस्रो तथा रेलिगेशन जोनमा छ। समान खेलबाट ४१ अंक बनाएको म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया