नेपक्यान एजुकेशन सर्भिसमा निशुल्क अंग्रेजी भाषा परीक्षण(IELTS) कक्षा संचालन
प्रकाशित मिति
२०७८ मंसिर २९ गते, बुधबार ०४:०७
२९ मंसिर ,काठमाडौं : नयाँ बानेश्वर स्थित,नेपक्यान एजुकेशन सर्भिस(, NEPCAN Education Services) का प्रबन्ध निर्देशक अमृता खत्रीले विद्यार्थीहरुका लागि सुलभ बनाउन, निशुल्क अंग्रेजी भाषा परीक्षण प्रणाली कक्षा संचालन गरिरहेको बताउनु भयो । धेरै विद्यार्थी +२ को शिक्षा हाँसिल गरिसके पछि अध्ययनका लागि विदेश जान इच्छा राख्ने गरिएको हामीले धेरै पाएका छौ ।
अहिलेको समयमा अध्ययनका लागि विद्यार्थिहरुको रोजाइमा क्यानडा, अस्ट्रेलिया र अमेरिका जस्ता देशहरु छन् । र यी देशहरुमा अध्ययनका लागि निवेदन गर्नका लागि प्रथम कदम अंग्रेजी भाषा परीक्षण (IELTS) हो ।

हरेक हप्ता नयाँ अंग्रेजी भाषा परीक्षण (IELTS) कक्षा संचालन भइरहेको नेपक्यान एजुकेशन सर्भिसमा पौष १ गते देखी निशुल्क अंग्रेजी भाषा परीक्षण प्रणाली कक्षाका लागि नाम टिपाइने छ । यो सेवाको पहिलो ५० जना विद्यार्थीहरुले फाइदा लिन सक्नुहुनेछ । तसर्थ आजै नयाँ बानेश्वर स्थीत नेपक्यान एजुकेशन सर्भिस(, NEPCAN Education Services) को अफिसमा सम्पर्क गरि उहाँले सबै विद्यार्थीहरुलाई मौकाको फाइदा लिनुहोस भन्न चाहेको बताउनु भयो ।





प्रतिकृया