• 6:42 pm

ब्राजिलमा अविरल वर्षा र बाढी, १० जनाको मृत्यु, २० हजारभन्दा बढी विस्थापित

प्रकाशित मिति

२०७८ मंसिर २८ गते, मंगलवार ०१:०६

२८ मंसिर २०७८, काठमाडौँ : ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि १० पुगेको अधिकारीहरुले जनाएका छन् । यहाँका उद्धारसम्बन्धी अधिकारीहरुले ब्राजिलमा गएको ६ दिन देखिको बाढीका कारण कम्तीमा पनि १० जनाको ज्यान गएको र अरु केही व्यक्ति हराएको बताएका छन्


प्राप्त समाचारअनुसार यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ । बाढीका कारण यहाँका कैयौँ क्षेत्रमा असर परिरहेको छ । यसबाट कम्तीमा पनि ५१ वटा सहरमा इमर्जेन्सी पनि घोषणा गरिएको छ । यहाँका केही सहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने अविरल वर्षाका कारण छ दिन यतादेखि जनजीवन प्रभावित बन्दै गएको छ ।


धेरै स्थानमा सैनिक हेलिकप्टरहरुले उद्धार गरिरहेका छन् । केही सहायता समाग्री पनि हेलिकप्टरहरुले पुर्याइरहेका बताइएको छ । यहाँका मौसम विद्हरुले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन् । उनीहरुले वर्षा र आँधीको पनि सम्भावना रहेको बताएका छन् । –सिन्ह्वा

प्रतिकृया