• १८ असोज २०८३, आइतबार
  • ६ः०३ बेलुका

गठबन्धनमा सहमति नभइ एमसीसी सदनमा पेस हुँदैन : प्रचण्ड

प्रकाशित मिति

२०७८ मंसिर २८ गते, मंगलवार १२:५८

२८ मंसिर २०७८, काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धनमा सहमति नभइ एमसीसी सदनमा पेस नहुने प्रष्ट पारेका छन् । मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकमा दाहालले यथास्थितिमा एमसीसी पास नहुने अडान पनि दोहोर्‍याएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिए ।

National Life

बैठकले सर्वदलीय बैठक डाकेर संसद अवरोध हटाउन पहल गर्ने पनि निर्णय भएको उनले जानकारी दिए ।


संसद बैठक शुरू हुनअघि बसेको बैठकले माओवादीको २१ सदस्यीय संसदीय बोर्ड पनि गठन गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकले राष्ट्रिय सभा दलको प्रमुख सचेतकमा गोपी अछामी, सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारीलाई चयन गरेको छ ।

प्रतिकृया