• १८ असोज २०८३, आइतबार
  • ५ः२४ बेलुका

दोस्रो चरणको चुनाब : देउवालाई सिंह र निधि दुबैको समर्थन

प्रकाशित मिति

२०७८ मंसिर २८ गते, मंगलवार १२:४६

२८ मंसिर २०७८ काठमाडौं: काँग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई पहिलो चरणको सभापतिको दौडबाट बाहिरिएका प्रकाशमान सिंह र विमलेन्द्र निधि दुबैले साथ दिने गर्ने भएका छन् । देउवा प्रकाशमान र निधिलाई भेट्न उनीहरुकै निवासमा पुगेका थिए ।

National Life

देउवासँग प्रतक्ष रुपमा भेटेपछि सिंह र निधि दुवैले उनलाई दोस्रो चरणको चुनावमा समर्थन गर्न सहमत भएका हुन् । यससँगै दोस्रो चरणको चुनावमा देउवालाई सहज हुने देखिएको छ ।


पहिलो चरणको चुनावमा खसेको ४६७९ मध्ये देउवाले २२५८ मत पाएका थिए भने शेखर कोइरालाले १७०२, निधिले २५०, सिंहले ३७१ र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि काँग्रेस सभापतिका लागि सर्वाधिक मत ल्याए दुई उम्मेदवार देउवा र कोइरालाबीच फेरि प्रतिस्पर्धा हुने भएको हो । मतदान मंगलबार साढे ३ बजेदेखि सुरु हुनेछ ।

प्रतिकृया