• १८ असोज २०८३, आइतबार
  • १०ः२१ बिहान

रोनाल्डोको गोलमा म्यान्चेष्टर युनाइडेटको जित

प्रकाशित मिति

२०७८ मंसिर २६ गते, आईतवार ०८:४५

२६ मंसिर २०७८, काठमाडौं : क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा म्यान्चेष्टर युनाइटेडले जित निकालेको छ। इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति युनाईटेडले नर्विच सिटीलाई १–० ले हराउँदै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ।

National Life

युनाईटेडको जितमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे। उनले खेलको ७५ औं मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए।


‍यो सँगै अन्तरिम प्रशिक्षकको रूपमा युनाईटेड सम्हालेका राल्फ रंगनिक अपराजित रहेका छन्। जितसँगै युनाईटेडले १६ खेलबाट २७ अंक जोडेर तालिकामा चौथो स्थानको वेष्टह्यामसँग अंक बराबरी गरेको छ। गोल अन्तरमा पछि परेको युनाइडेड पाँचौ स्थानमा रहेको छ। छ। नर्विच १० अंक सहित तालिकाको पुछारमा छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया