तामाङ जातिसँग सम्बन्धित गीतसंगीत महोत्सवमा
प्रकाशित मिति
२०७८ मंसिर २६ गते, आईतवार ०८:४८
२६ मंसिर २०७८, काठमाडौँ : नेपाल तामाङ कलाकार संघद्वारा आयोजित दुईदिने दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव शनिबार सम्पन्न भएको छ ।तामाङ समुदायको उत्पत्ति तथा सभ्यतासँगै जोडिएको डम्फू अर्थात् ताम्बा संस्कृतिको संरक्षण, संवर्द्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले संघले चुच्चेपाटीस्थित होटल हायातको खुला मैदानमा महोत्सव गरेको हो ।शुक्रबारदेखि चलेको महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङ तथा सेलो संगीतका सर्जकहरू सहभागी थिए ।
महोत्सवमा तामाङ जातिसँग सम्बन्धित गीतसंगीत, नृत्य, ताम्बा तथा डम्फू संस्कृति, सभ्यता र भाषासँग जोडिएका विविध प्रस्तुति देखाइएको थियो । तामाङ जातिको सेलो संगीत तथा डम्फूलाई संस्कृतिको पाटोको रुपमा रहेको भन्दै मन्त्री आलेले यसको संरक्षण गरी नयाँ पुस्तामा विस्तार गर्न मन्त्रालयले सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरे ।संघका अध्यक्ष विश्व दोङले डम्फू अर्थात् ताम्बा संस्कृतिसँगै आउने तामाङ सेलो संगीतमार्फत तामाङ जातिको पुर्खा, इतिहास, पहिचान तथा सभ्यताको जगेर्ना गर्न सेलो संगीत महोत्सव गर्दैआएको बताए ।








प्रतिकृया