• १८ असोज २०८३, आइतबार
  • ११ः५६ बिहान

नेकपा एमालेको बैठक आज बस्दै , बिभिन्न एजेन्डामा छलफल

प्रकाशित मिति

२०७८ मंसिर २६ गते, आईतवार ०८:५८

२६ मंसिर २०७८, काठमाडौं : नेकपा एमालेको आजको बैठकमा केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो र स्थायी कमिटि गठनलगायतका एजेन्डामा छलफल हुने भएको छ । शनिबार सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले नेता अमृत बोहोराको अध्यक्षतामा केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको छ ।

National Life

यसैगरी, आगामी पुस २३ गते सबै जिल्लाका अधिवेशन र माघ ८ गते सबै प्रदेशका अधिवेशन गर्ने निर्णय गरेको छ ।
हिजोको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।


अध्यक्ष ओलीले पार्टीका नेताहरूले देश र जनताको सेवक भएर काम गर्नुपर्ने बताउँदै राष्ट्रको अभिभारा एमालेको काँधमा रहेको उल्लेख र्गर्दै ओलीले पार्टीमा अन्य पार्टीबाट प्रवेश गर्नेहरूको लहर ल्याउन र आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित हुने गरी जनताको बीचमा पुग्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

शनिबारको बैठकले नेकपा एमालेले महाधिवेशनबाट संशोधन भएको विधानको सम्पादन र नियमावली संशोधनका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्यहरु खगराज अधिकारी र रमेश बडाल रहेका छन्। बैठकले बैठक सञ्चालनसम्बन्धी कार्यविधि र सुझावसहित पारित गरेको छ ।

प्रतिकृया