• १७ असोज २०८३, शनिबार
  • ९ः२३ बिहान

बुन्डेस लिग : बायर्न म्युनिखको रोमाञ्चक जित

प्रकाशित मिति

२०७८ मंसिर २६ गते, आईतवार ०८:३६

२६ मंसिर २०७८, काठमाडौं : जर्मन बुन्डेस लिगाअन्तर्गत शनिबारको खेलमा घरेलु टोली बायर्न म्युनिखले जित निकालेको छ । एलियान्ज एरिनामा बायर्नले मैन्जलाई २-१ ले हराएको हो ।

National Life

सुरुवाती अग्रता जोगाउन नसक्दा मैन्जले हारको सामना गर्नु परेको हो । खेलको २२ औं मिनेटमा करिम ओनिसिवोले गोल गर्दै मैन्जलाई अग्रता दिलाएका थिए ।


५३ औं मिनेटमा किंग्सले कोम्यानले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा ल्याए । ७४ औं मिनेटमा जमल मुसियालाले गोल गर्दै बायर्नलाई २-१ को रोमाञ्चक जित दिलाए ।

Classic Tech Mobile
Classic Tech Desktop

यो जितसँगै १५ खेलमा ३७ अंक जोडेको बायर्न शीर्ष स्थानमा यथावत रहँदा मैन्ज २१ अंकका साथ आठौं स्थानमा छ ।

प्रतिकृया