पछिल्लो २४ घण्टामा २३६ जना कोरोना संक्रमित पुष्टि
प्रकाशित मिति
२०७८ मंसिर २५ गते, शनिबार ०५:१०
२५, मंसिर २०७८ ,काठमाडौं : पछिल्लो २४ घण्टामा २३६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार ६७२ पीसीआर र ३ हजार ५०६ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख १९ हजार ७५० जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ८८३ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३०७ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ६ हजार ५४४ पुगेको छ। उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५३ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। ११३ जना आइसीयू र २७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर २ लाख ६६ हजार ९८८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





प्रतिकृया