इंग्ल्याण्डको नाटकीय पतन, एसेजमा अस्ट्रेलियालाई १–० को अग्रता
प्रकाशित मिति
२०७८ मंसिर २५ गते, शनिबार ११:१७
एजेन्सी
२५, मंसिर २०७८ ,काठमाडौं : एसेज टेस्ट शृङ्खलाको पहिलो टेस्टमा इंग्ल्याण्ड अस्ट्रेलियासँग ९ विकेटले पराजित भएको छ । तेस्रो दिनमा पुनरागमनको संकेत गरेको इंग्ल्याण्ड चौथो दिनको बिहानको सेसनमा अलआउट हुन पुग्यो । इंग्ल्याण्डले अन्तिम ८ विकेट मात्र ७७ रनमा गुमाएको थियो ।
इंग्ल्याण्डका लागि कप्तान जो रुटले सर्वाधिक ८९ रन तथा डेविड मलानले ८२ रनको योगदान दिए । मलान नाथन लियोनको ४ सयौँ टेस्ट विकेट बने । अफ स्पिनरले खेलमा ९१ रन खर्चिदै ४ विकेट लिएपछि इंग्ल्याण्ड २ सय ९७ मा अलआउट हुन पुग्यो । मात्र २० रनको लक्ष्य पाएको अस्ट्रेलयाले मात्र एक विकेटको क्षतिमा उक्त लक्ष्य पछ्यायो ।
योसँगै प्याट कमिन्सले कप्तानको रुपमा टेस्टमा पहिलो जीत हासिल गर्न सफल भए । पहिलो इनिङमा इंग्ल्याण्ड १४७ रनमा आलआउट भएको थियो भने अस्ट्रेलियाले ४२५ रन बनाएको थियो । अस्ट्रेलियाको पहिलो इनिङमा १५२ रन बनाउने ट्राभिस हेड प्लेयर अफ द म्याच चुनिए ।
अस्ट्रेलियाले पाँच खेलको शृङ्खलामा १–० को अग्रता बनाउँदै ब्रिसबेनमा इंग्ल्याण्डविरुद्धको ३५ वर्षे अपराजित यात्रालाई कायम राखेको छ । उता, इंग्ल्याण्डले भने अस्ट्रेलियामा पछिल्ला ११ मध्ये १० टेस्टमा पराजय बेहोरेको छ । दोस्रो टेस्ट बिहीबारबाट एडिलेडमा डे–नाइट खेलिनेछ ।








प्रतिकृया