बलियो बन्दै देउवा,गोपालमानको पनि साथ
प्रकाशित मिति
२०७८ मंसिर २५ गते, शनिबार ११:२७
तस्बिर– फाइल
२५, मंसिर २०७८ ,काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पनि शेरबहादुर देउवा सभापति बन्ने लगभग निश्चित जस्तै भएको छ । संस्थापन इतर पक्ष एकढिक्का हुन नसकेको अवस्थामा देउवाले पहिलो चरणमै सभापति जित्ने दाबी यसअघि नै ईआईसीटी नेपालको सर्वेक्षणले गरेको थियो ।
सर्वेक्षण भन्छ – सभापतिमा देउवा अगाडि, इतर पक्ष एकै ठाउँ नआए पहिलो चरण नै निर्णायक हुन सक्ने इतर पक्ष अझै एकजुट भएर अगाडि बढ्न नसकेका बेलामा देउवालाई भने साथ दिने हात बढ्दै गएका छन् । हिजोमात्रै तेस्रो धारको नेतृत्व गर्दै हिँडेको कृष्णप्रसाद सिटौला पक्षले देउवा साथ दिइसकेको छ ।
देउवा–सिटौलाबीच चुनावी तालमेल
त्यसैगरी आजमात्रै आफू पनि सभापतिको आकांक्षी बताउँदै आएका नेता गोपालमान श्रेष्ठले देउवालाई साथ दिने बताउका छन् । उनी देउवाका विश्वासपात्र मानिन्छन् ।
देउवा खेमाबाट उपसभापति विमलेन्द्र निधि सभापतिमा अघि सर्दा श्रेष्ठले दाबेदारी प्रस्तुत गरिरहेका थिए । तर निधि देउवा खेमाबाट आउट भएपछि श्रेष्ठले देउवालाई नै साथ दिएका हुन् ।
कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्वका लागि अहिले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ । निर्वाचन भने सोमबार हुनेछ ।
प्रतिकृया