• १८ असोज २०८३, आइतबार
  • ९ः४५ बिहान

भिल्लारियल पुग्यो च्याम्पियन्स लिगको नकआउट चरणमा

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०७:४५

मंसिर २४ ,काठमाडौं : च्याम्पियन्स लिगअन्तर्गत बिहीबार राति भएको खेलमा एटलान्टामाथि ३–२ को कठिन जित हात पार्दै भिल्लारियल नकआउट चरणमा प्रवेश गरेको छ।

National Life

बुधबार राति हुने तय भएको खेल अत्यधिक हिमपातको कारण बिहीबार रातिको लागि सारिएको थियो। भिल्लारियलले खेलको पहिलो हाफमा नै २–० को अग्रता लिएको थियो।


दोस्रो हाफमा उसले एक गोल थपेको थियो। एटलान्टाले दुई गोल फर्काए पनि त्यो जितको लागि पर्याप्त हुन सकेन।

Classic Tech Mobile
Classic Tech Desktop

समूह एफबाट यसअघि नै म्यानचेस्टर युनाइटेड नकआउट चरणमा पुगिसकेको छ। भिल्लारियललाई नकआउट चरणमा पुग्न एटलान्टासँगको खेलमा कम्तीमा बराबरीको नतिजा आवश्यक थियो।


६ खेलबाट भिल्लारियलले १० अंक हात पारेको छ भने समान खेलबाट एटलान्टाको ६ अंक छ।

प्रतिकृया