• १८ असोज २०८३, आइतबार
  • ११ः०४ बिहान

४ पुसदेखि ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप दिइदै

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०७:२९

२०७८ मंसिर २४, काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ देखि १८ वर्षसम्मका बालबालिकालाई ४ पुसदेखि कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप दिइनेछ । हिमाली जिल्लासहित ५७ जिल्लाका विद्यालयमै खोप केन्द्र तोकेर बालबालिकालाई खोप दिइने विभागले जानकारी दिएको छ ।

National Life

यसअघि फाइजर खोप अभियान सञ्चालन भएका जिल्लाका बालबालिकालाई भने फाइजर खोप दिइनेछ । स्वास्थ्य सेवा विभागका खोप शाखाका प्रमुख सागर दाहालका अनुसार करिब १८ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने लक्ष्य राखिएको छ ।


विभागका अनुसार ‘हिमाली जिल्लाको हकमा १ सयभन्दा बढी र अन्य जिल्लाको हकमा २ सयभन्दा बढी विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड बनाइको छ । सोही मापदण्डअनुसार खोप केन्द्र निर्धारण गरेर बालबालिकालाई मोडेर्ना खोप दिइने जनाइएको छ । यो अभियान पुस १४ गतेमा सञ्चालन हुनेछ

Classic Tech Mobile
Classic Tech Desktop

बालबालिकालाई फाइजर खोप दिइने जिल्लाहरू
यसअघि फाइजर खोपका लागि तोकिएका २४ वटा विशेषज्ञ अस्पताल रहेका जिल्लाका बालबालिकालाई फाइजर खोप दिइने जनाइएको छ । जसअनुसार यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, सिन्धुली, चितवन, काभ्रे, कास्की, बागलुङ, रूपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराका गरी २४ वटा विशेषज्ञ अस्पतालबाट १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप दिइएको थियो ।

प्रतिकृया