कांग्रेस संस्थापन इतरलाई उम्मेदवार छान्न सकस, आज पनि बानेश्वरमा छलफल
प्रकाशित मिति
२०७८ मंसिर २३ गते, बिहीबार ०९:२३
मंसिर २३ ,२०७८ काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर पक्षलाई आसन्न १४औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्न हम्मेहम्मे परेको छ । यो समूहबाट सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला आकांक्षी छन् । यद्यपि सहमतिमा जाने हो भने आफू पद छाड्न तयार रहेको शशांकले यसअघि नै बताएका थिए ।
तर, साझा उम्मेदवार छान्न चार दिनको प्रयासले सार्थकता पाउन सकेको छैन । नेता गुरु घिमिरेका अनुसार नेताहरुबीच आज बिहान बानेश्वरमा छलफल हुँदैछ ।
उनका अनुसार वरिष्ठ नेता पौडेल सहमतिका लागि त्याग गर्न तयार भएपनि सिंह र शेखरबीच सहमति हुन नसकेको हो ।
१४औँ महाविधेशनका लागि कांग्रेसले महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरिसकेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमार्फत चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।








प्रतिकृया