थाहा पाउनुहोस तपाईंको आजको राशिफल
प्रकाशित मिति
२०७८ मंसिर २२ गते, बुधबार ०८:१४
मंसिर २२ ,२०७८, काठमाडौं : मार्गशीर्ष शुक्लपक्ष पञ्चमी तिथि, अर्थात् बिवाह पञ्चमी हो । जनकपुरमा सीता बिवाह पञ्चमी मेला हुने गर्छ । त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र सीताको बिवाह भएको दिन हो । त्यसैको सम्झनामा आजको दिन जनकपुरमा विशेष पर्वका साथ सीता बिवाह पञ्चमी मनाउने गरिन्छ । आजको दिन बिवाहका लागि कुनै साइत हेर्नु पर्दैन । त्यसैले आजको दिन जनमानसमा पनि धेरै बिवाह हुने प्रचलन छ ।
श्रवण नक्षत्र, धुव्र योग, चन्द्रमा मकर राशिमा छ । आज सूर्योदय बिहान ६ बजेर ४३ मिनेटमा हुनेछ भने सूर्यास्त ५ बजेर ७ मिनेटमा हुनेछ । आजको देवता भूमि र ग्रहदेव केतु रहेको छ । बुधबारका दिन गृहस्थीसम्बन्धी काम गर्नु निकै उत्तम मानिन्छ । शुक्लपक्षको पञ्चमी तिथिलाई विशेष दिन पनि मानिछ । आजको दिनलाई सबै समय शुभ मानेर शुभकर्म गर्न सकिन्छ ।
आजको राशिफलः
मेष (चु।चे।चो।ला।लि।लु।ले।लो।अ)
आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुने छ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । घरपरिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका काम सम्पन्न हुनेछ । नयाँ कामको थालनीसमेत हुनेछ ।
वृष (इ।उ।ए।ओ।वा।वि।वु।वे।वो)
आजको दिन मानसम्मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक हानी हुनसक्ने छ । त्यसैले आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफन्तजनबाट अपमान हुनसक्छ । त्यसैले घर गृहस्थको बारेमा आफन्तसँग विवाद नगर्नुहोला ।
मिथुन (क।कि।कु।घ।ङ।छ।के।को।ह)
यदी आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनसक्छ । मनमा चिन्ता छाउने छ । अध्ययनअध्यापनको काममा लाग्नु बेस हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा तपाईँमा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । आफ्नो नियमित काम बाहेक अन्य काममा चासो नदिनु बेस हुनेछ ।
कर्कट (हि।हू।हे।हो।डा।डि।डु।डे।डो)
पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु भलो हुनेछ । कसैसँग पनि वादविवाद गर्दा तपाईको लागि अपमान हुनसक्छ । त्यसैले घरपरिवार, मित्रमण्डलीसँग विवाद हुने काम नगर्नु नै बेस हुनेछ ।
सिंह (मा।मि।मु।मे।मो।टा।टि।टु।टे)
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ । यात्राका समस्या हुनसक्छ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । तपाईँले गर्नुभएको कामबाट सन्तुष्ठ प्राप्ति होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोचका साथ कर्ममा लागिरहनु पर्नेछ ।
कन्या (टो।प।पी।पू।ष।ण।ठ।पे।पो)
मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम सुरु गर्न खोज्दा बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला ।
तुला (रा।री।रु।रे।रो।ता।ती।तु।ते)
तपाईँले आजको दिन सुरु गरेका काम सफल हुनेछ । त्यसैले तपाईँले आज सबैको भलाइ हुने काम गर्दा बेस हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । तपाईको मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले तपाईले गरेको कामको निकै प्रसंशा गर्नेछन् ।
वृश्चिक (तो।ना।नि।नु।ने।नो।या।यि।यु)
आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईँमा चिन्ता उत्पन्न हुनसक्छ । अर्थलाभ हुने काममा ध्यान दिनु होला ।
धनु (ये।यो।भा।भी।भु।ध।फा।ढ।भे)
व्यापारट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको सहयोग हुनेछ । आजको दिन कन्यालाई भोजन र दान दिनुभएकामा तपाईको उन्नती र प्रगतिको बाटो खुल्नेछन् । देवालयको दर्शनले तपाईँलाई सकारात्मक सोच आउने छ ।
मकर (भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी)
सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईँले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । चन्द्रमाको साथ छ । बिहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यदी यात्रा गर्नुछ भने पूर्वतर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यबीच सम्बन्ध राम्रो हुनेछ ।
कुम्भ (गु।गे।गो।सा।सी।सु।से।सो।द)
आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाईँ आफू बसेको स्थान नजिकको मठमन्दिर देवालयमा जानु उत्तम हुनेछ । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले तपाईँको कामको अबमूल्यन गर्नसक्छन् ।
मीन (दी।दु।थ।झ।ञ।दे।दो।च।ची)
बिहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । परिवारबाट छुट्टिनुपर्ने हुनसक्छ । यात्राका लागि अवसर आउनसक्छ । तपाईँले सोचअनुसारको काम हुनेछ । ब्यापारबाट फाइदा हुनेछ । ध्ययनअध्यापनमा केही अवरोध आउनसक्छ । साँझको समयमा देवालय र शिवालयको यात्रा गर्दा मनमा शान्ति प्राप्त हुनेछ । सामाजिक काममा लाग्नु भएको छ भने मान सम्मान मिल्नेछ ।








प्रतिकृया