• १९ असोज २०८३, सोमबार
  • ५ः१२ बेलुका

म्यानमारकी नेतृ सुकीलाई चार वर्ष जेल सजाय

प्रकाशित मिति

२०७८ मंसिर २० गते, सोमबार ०१:१०

२० मंसिर २०७८, काठमाडौं :  म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय तोकिएको छ । म्यानमारको सैनिक सरकारले नेतृ सूकी लाई सोमबार चार वर्ष जेल सजाय सुनाएको हो । ७६ वर्षीया सुकी माथि भ्रष्टाचार लगायतका आरोपमा मुद्दा चल्दै आएको छ ।

National Life

 आज भने  उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानूनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्लंघन गरेको अभियोग लगाइएको छ ।


यसबाहेक उनीविरुद्ध ११ आरोप लगाइएको छ । सुकीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् । फेब्रुअरीमा सेनाले कू गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेको सेनाले आरोप लगाउँदै आएको छ । सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न आरोपमा मुद्दा लगाउँदै आएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया