एमाले स्थायी कमिटी गठनको तयारी
प्रकाशित मिति
२०७८ मंसिर २० गते, सोमबार ०१:१२
२० मंसिर २०७८, काठमाडौं : नेकपा एमालेले स्थायी कमिटी गठनको तयारी गरेको छ । अध्यक्ष अध्यक्ष ओली र उनी निकटका पदाधिकारीहरुले स्थायी कमिटीमा ल्याउने नेताहरुको लगभग टुंगो लगाइसकेका केपी शर्मा ओली निकट स्रोतले जनाएका छन् । पदाधिकारीमा निर्वाचित १९ जनाबाहेक २६ जना नेतालाई एमालेले स्थायी कमिटीमा लैजानुपर्नेछ ।
स्रोतले उपलब्ध गराएको सूची अनुसार अघिल्लो स्थायी कमिटीका सदस्य रघुजी पन्त, घनश्याम भूसाल, किरण गुरूङ, मणि थापा र भीम आचार्य स्वतः स्थायी कमिटी सदस्यमा मनोनित हुनेछन् ।
पार्टीको दशौं महाधिवेशनबाट यी नेताहरु पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । तत्कालीन उपाध्यक्ष भीम रावलले भने केन्द्रीय सदस्यको समेत शपथ नलिने बताइसकेका कारण उनलाई ओलीले स्थायी कमिटीको लिस्टमा राखेका छैनन् ।
यी बाहेक खगराज अधिकारी, भानुभक्त ढकाल, विन्दा पाण्डे, थममाया थापा, यामलाल कँडेल, प्रभु साह, देवराज घिमिरे, गुरु बराल, शेरधन राई र कृष्ण गोपाल श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनित गर्नेबारे लगभग सहमति भइसकेको एमालेका एक पदाधिकारीले बताए ।
उनका अनुसार, नेताहरु शेरबहादुर तामाङ, राजन भट्टराई, किरण गुरुङ, बैजनाथ चौधरी, कर्ण थापा, अरुण नेपाल, शिवमाया तुम्बाहाङ्फे, काशीनाथ अधिकारी, परशुराम मेघी गुरुङ, अग्नि खरेल, गोकुल घर्ती र गोरख बोगटीको नाम पनि स्थायी कमिटीमा राख्ने सूचीमा समावेश गरिएको छ ।








प्रतिकृया