प्रिमियर लिगको फरक खेलमा टोटेनह्यम र युनाईटेडको जित
प्रकाशित मिति
२०७८ मंसिर २० गते, सोमबार ०७:५२
मंसिर २०, २०७८, काठमाडौं : अन्तरीम प्रशिक्षक राल्फ राङनिकको प्रशिक्षणको पहिलो खेलमा नै म्यानचेस्टर युनाइटेडले जित निकालेको छ । युनाइटेडले क्रिस्टल प्यालेसलाई एक शुन्यले हरायो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडको जितमा फ्रेडको एकमात्र गोल निर्णायक बन्यो । युनाईटेडका लागि ७७ औ मिनेटमा ग्रिनउडको पासलाई फ्रेडले गोलमा परिणत गर्दै तीन अंक निश्चित गरेका थिए।
जितसँगै युनाईटेडका अन्तरिम प्रशिक्षक राल्फ राङनिकको यात्रा केहि सहज हुने पक्का भएको छ। घरेलु मैदानको जितसँगै युनाइटेडले शिर्ष चारको संभावना बलियो बनाउन सफल भयो। युनाईटेड जितसँगै आर्सनललाई पछि २४ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ। अर्को खेलमा टोटेनह्यामले नर्विच सिटीलाई ३-० ले पराजित गर्दै शिर्ष चार नजिक पुर्योएको छ। टोटेनह्याम पछिल्ला तीन खेलमा लगातार जित निकाल्दै २५ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ।
टोटेनह्यामको जितमा लुका मौउराले १० औ मिनेटमा पहिलो गोल गर्दा सान्चेजले ६७ औ मिनेटमा दोस्रो गोल गरेका थिए। त्यस्तै दक्षिण कोरियन स्ट्राइकर सन ह्युङ मिनले ७७ औ मिनेटमा तेस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे। त्यस्तै अन्य खेलमा लिड्स युनाईटेड ब्रेन्टफोर्डसँग अन्तिम समयमा हारबाट जोगियो। सुरूवाती अग्रताका बाबजुत लिड्स दोस्रो हाफमा लगातार २ गोल खान पुग्यो। त्यसअघि पहिलो हाफमा लिड्सले रोबर्टेजको गोलबाट अग्रता लिएको थियो।
तर बाप्टिस्टे र कानोसले ५४ र ६१ मिनेटमा गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलए। अतिरिक्त समयको अन्तिम मिनेटमा बामफोर्डले गोल गर्दा लिड्सले २-२ को बराबरी गर्दै अंक खोस्यो।








प्रतिकृया