• २ असोज २०८३, शुक्रबार
  • ५ः५९ बेलुका

सुदूरपश्चिम सभापतिका लागि बलायर र मिश्रबीच प्रतिस्पर्धा, कसको पल्ला भारी ?

प्रकाशित मिति

२०७८ मंसिर १७ गते, शुक्रबार ०५:३३

१७ मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनबाट नेतृत्वका लागि संस्थापन र इतर पक्षले छुट्टाछुट्टै प्यानल खडा गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा प्रदेश सभापतिमा केन्द्रीय सदस्य वीरबहादुर बलायरलाई अघि सारेको छ ।

National Life

त्यस्तै संस्थापन इतर समूहले नारायण मिश्रलाई अगाडि सारेको छ । दुवै पक्षको प्यानल नै तयार भएको छ । दुवै समूहले आज उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।


संस्थापन पक्षले उपसभापतिमा कैलालीका जनक चौधरी, बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका मनु साह, अछामका मेघराज खड्का र सहमहामन्त्रीमा अम्बिका चलाउने र गोपालदत्त भट्टलाई उम्मेदवार बनाइएको हो । इतर समूहले उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ, बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही सहितको प्यानल खडा गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कसको पल्ला भारी ?


जिल्ला सभापतिहरुको पकडलाई हेर्ने हो भने सुदूरपश्चिममा ९ जिल्लामध्ये २ जिल्लाको जिल्ला अधिवेशन सकिएको छैन । जसमा अछाम र कैलाली हुन् । उक्त क्षेत्रमा १३ औं महाधिवेशनमा देउवाले नै आफ्नो पक्षमा पारेका थिए ।


चुनाव भइसकेका ७ जिल्लामा देउवाले गृहजिल्ला डडेलधुरासहित बझाङ, डोटी र कञ्चनपुरका सभापति आफ्नो पक्षमा पारेका छन् । त्यस्तै दार्चुला, बैतडी र बाजुरामा इतर अर्थात् रामचन्द्र पौडेल पक्षले जितेको छ । यो समीकरण हेर्दा भने संस्थापन पक्षको स्थिति बलियो छ ।

प्रतिकृया