• २ असोज २०८३, शुक्रबार
  • ६ः३३ बेलुका

राप्रपाको संशोधित निर्वाचन तालिका प्रकाशन

प्रकाशित मिति

२०७८ मंसिर १७ गते, शुक्रबार ०९:१२

१७ मंसिर ,२०७८ , काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि संशोधित निर्वाचन तालिका प्रकाशन गरिएको छ । बिहीबार राति नै ४४७१ जना महाधिवेशन प्रतिनिधिको सूची प्रकाशित गरेको निर्वाचन समितिले आजदेखि मनोनयन दर्ता लगायतको बाँकी प्रक्रिया सुरु गरेको छ ।

National Life

जसअनुसार शुक्रबार बिहान साढे ७ बजेदेखि दरखास्त फाराम वितरण गर्न थालिएको छ भने साढे ७ देखि साढे ९ बजेसम्म मतदाता नामावलीमाथि दावी विरोध र सच्याउने समय दिइएको छ भने ११ बजे अन्तिम नामावली प्रकाशित गरिनेछ । त्यसपछि साढे ११ बजेदेखि साढे १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ । २ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, २ देखि ४ बजेसम्म उम्मेदवारमाथि दावी विरोध र ५ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ ।


यस्तै मतदान शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदान सम्पन्न भएसँगै मतगणनाको प्रक्रिया सुरु हुनेछ । राप्रपाको अध्यक्षमा उम्मेदवारी दर्ताका लागि १ लाख, उपाध्यक्षमा ७५ हजार महामन्त्रीमा ५० हजार र केन्द्रीय सदस्यमा १५ हजार शुल्क तोकिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

महाधिवेशन प्रतिनिधिहरुको विषयमा विवाद हुँदा निर्वाचन समितिलाई मतदाता नामावली सार्वजनिक गर्न सकस भएको थियो । राजेन्द्र लिङ्देन समूहले पार्टी अध्यक्ष कमल थापाले जिल्ला जिल्लाबाट आएको महाधिवेशन प्रतिनिधिहरुको नाम एकलौटी हेरफेर गरेको भन्दै विरोध गरेपछि बन्दसत्र लम्बिएको थियो । विवाद मिलाउन निर्वाचन समितिले ५ सदस्यीय समिति बनाएको थियो । राप्रपाको जारी महाधिवेशनबाट नेतृत्त्वमा पुग्न कमल थापा समूह र राजेन्द्र लिङ्देन समूहबीच चुनावी प्रतिष्पर्धा हुने भएको छ ।

प्रतिकृया