• १९ असोज २०८३, सोमबार
  • १२ः३९ दिउँसो

साउथ को एक फिल्मले कमायो रिलिज अगाडिनै सय करोड

प्रकाशित मिति

२०७८ मंसिर १७ गते, शुक्रबार ०८:५८

१७ मङ्सिर २०७८ , मुम्बई : मलयालम फिल्म मराक्करले बलिउड फिल्महरुलाई समेत पछि पारेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मोहनलाल अभिनित यो फिल्मले रिलिज अगावै एक सय करोड कमाइ गरेको छ। फिल्मलाई प्रियदर्शनले निर्देशन गरेका हुन्।

National Life

यो फिल्मलाई सन् १९९६ मै निर्माण गर्नका लागि योजना बुनिएको बताइएको छ। निर्माताका अनुसार यो फिल्म ४१ सय स्क्रिनमा रिलिज गरिएको छ। जसमध्ये १६ हजार शो पहिल्यैदेखि बुकिङ भइसकेको बताइएको छ। यसको हिसाब गर्दा यो फिल्म हलमा जानुअघि नै सय करोडको कमाइ गरेको छ।


निर्माण युनिटका अनुसार पोस्ट प्रोडक्सनमा १४ महिना लागेको थियो। एक्सन थ्रीलर यो फिल्ममा सुनिल शेट्टी, अर्जुन सारजा, प्रभु, अशोक सिल्वनलगायतले अभिनय गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया