• ४ साउन २०८३, सोमबार
  • ९:१४ बेलुका

मोबाइलबाट अनाबश्यक ब्यालेन्स सकिनुको कारण

प्रकाशित मिति

२०७८ मंसिर १६ गते, बिहीबार ०८:२५

१६ मंसिर २०७८, काठमाडौं : के तपाईंको एनसेल र एनटीसी सिमको ब्यालेन्स थाहै नपाईकन घटिरहेको छ? धेरैजसो मोबाइल प्रयोगकर्ताको एउटै गुनासो हुने गर्छ– पैसा त्यत्तिकै सकिन्छ। उमेर ढल्केकाहरू बच्चाले ट्रान्सफर गरेको सोच्छन् भने अधिकांशले ख्यालै गर्दैनन्।


सोमबार सामाजिक सञ्जालमा एनसेलले जानकारी नदिईकन नै दैनिक १५ रुपैयाँभन्दा बढी ब्यालेन्स काटिरहेको पोस्ट भाइरल भएपछि धेरैले यो कुरा याद गरे। एनसेलले हुवावे गेम कन्टेन्ट र बिजनेस ह्यान्डलिङ शुल्कको नाममा दैनिक १५ रुपैयाँ ३२ पैसासम्म ब्यालेन्स काट्छ। यसैगरी, नेपाल टेलिकमको मोबाइल डेटामा ब्यालेन्सबाट पटक–पटक नौ पैसा काटिएको स्क्रिन सट सामाजिक सञ्जालमा पोस्ट गरिएको छ।

Kamana Sewa

ग्राहकले नै विभिन्न अनलाइन विज्ञापन क्लिक गर्दा यो अटोमेटिक रूपमा एक्टिभ हुने गर्छ । फेसबुक, एन्ड्रोइड ह्यान्डसेटको एपीपी वा गुगल पेजमा डिजिटल विज्ञापन पेज क्लिक गरेपछि थर्ड पार्टी पार्टनरको सब्सक्रिप्सन पेज खुल्छ। पार्टनरको पेजमा सेवाग्राहीले कन्फर्मेसन गरेपछि एनसेलको सहमति प्राप्त पेज खुल्छ र त्यहाँ प्रयोगकर्ताको सब्सक्रिप्सन एनसेलले रि–कन्फर्म गरिदिन्छ । त्यसरी रि–कन्फर्म गर्दा त्यस्ता पेजमा प्रयोगकर्ताको निश्चित शुल्कमा निश्चित सेवा सब्सक्राइब हुन जाने गर्छ। होसियारीपूर्वक ती विज्ञापन हेरी सब्सक्राइब गर्दा पूर्ण रूपमा पढेको भए पैसा लाग्ने वा नलाग्ने यकिन हुन जान्छ । तर, अधिकांशले यस्तो गर्दैनन्।

Classic Tech Desktop

अन्तर्राष्ट्रिय डिजिटल विज्ञापन एजेन्सीले प्रयोगकर्ताको ह्यान्डसेटमा डिजिटल विज्ञापन पठाउँछन् । यस्तो सब्सक्रिप्सनबाट बच्न विज्ञापनको नोटिफिकेसन राम्ररी पढ्नुपर्छ । सब्सक्रिप्सन बटन क्लिक राम्ररी नपढी कुनै पनि विज्ञापनलाई कन्फर्म नगर्ने हो भने यस्तो समस्या हुँदैन। यस्तो समस्याबाट पीडित ग्राहकले एनसेलको आधिकारिक फेसबुक पेजमार्फत र कलसेन्टरमा सम्पर्क गर्न सक्ने व्यवस्था रहेको छ। लगातार रूपमा पैसा काटिरहेको छ भने अंग्रेजीमा ‘एसटीओपी’ लेखेर १७७२४ मा एसएमएस पठाउनुपर्ने हुन्छ। यसो गर्दा पनि भएन भने एनसेल कल सेन्टरमा कल गरेर वा एनसेलको फेसबुकमा रिपोर्ट गर्नुपर्ने हुन्छ।

मोबाइलको ब्यालेन्स कटौटी भए–नभएको जानकारी एनसेलको एपमार्फत जाँच गर्न सकिन्छ । नेपाल टेलिकममा काटिने ९ पैसा भने डेटा अन गरेपछि ब्याक ग्राउन्ड एप चलिरहँदा काटिएको हो । टेलिकममा अर्को डेटा अन गर्नेबित्तिकै उसले सेसन सेटअप गर्न खोज्छ । सेसन सेटअप मोबाइलअनुसार फरक–फरक हुन्छ।- राजधानी दैनिक

प्रतिकृया