• २१ असोज २०८३, बुधबार
  • ६ः११ बिहान

प्रचण्डको सीपी मैनालीलाई ब्यंग्य : राप्रपाको अध्यक्ष हुन लागेको भए बधाई छ

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ०२:१८

१५ मंसिर २०७८, काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्राण्डले नेकपा मालेका महासचिव सीपी मैनालीलाई राप्रपाको अध्यक्ष हुने तयारी गरेको भन्दै ब्यंग्य गरेका छन् । राप्रपाको महाधिवेशन उद्घाटन शत्रमा प्रचण्ड भन्दा अगाडि मन्तव्य राखेका मैनालीले देशभक्तिको मामिलामा राजा महेन्द्रको योगदान सह्राहनीय रहेको भनेपछि प्रचण्डले उनीमाथि व्यंग्य गरेका हुन् ।

National Life

‘उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुन्छ कि जस्तो लाग्यो, साँच्चै त्यसो हो भने सीपीजीलाई बधाइ छ’ उनले भने ।


मैनालीले विगतमा सशस्त्र आन्दोलन (झापा बिद्रोह) गरेको स्मरण गर्दै प्रचण्डले अहिले भने उनको भाषा फेरिएको देख्दा अचम्ममा परेको समेत बताए । प्रचण्डले ब्यङ्ग्य गर्दै आफूले भने त्यस्तो भाषामा कुरा गर्न नसक्ने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया