• २१ असोज २०८३, बुधबार
  • ६ः२० बिहान

मालपोत कार्यालयका प्रमुख र अमिन घुससहित पक्राउ

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ०२:२८

१५ मंसिर २०७८, काठमाडौं: चितवनमा सेवाग्राहीबाट घुस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् ।

National Life

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका २० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घुस लिँदै गर्दा पक्राउ गरेको हो ।


मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घुस लिएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रमुख पौडेलका साथबाट अख्तियारको टोलीले रु १५ लाखको चेक र रु ५० हजार नगद बरामद गरेको छ । उनलाई कार्यालयभित्रै रहेको क्वाटरमा घुस लिँदै गर्दा पक्राउ गरिएको हो । प्रमुख पौडेलले रु १५ लाखको चेक घुस नभइ आफूले लिनुपर्ने ठाँउबाट पाएको बताएका छन् ।


यस्तै अमिन कठायतका साथबाट रु तीन लाख ५० हजारको चेक र नगद रु एक लाख ५० हजार बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

दुवै जनाले एउटै सेवाग्राहीबाट रकम लिएका हुन् । घूस रकमसहित दुवै कर्मचारीलाई नियन्त्रणमा लिइएको छ । अन्य कर्मचारी पनि सहभागी हुनसक्ने भएकाले थप अनुसन्धान अघि बढाइएको भण्डारीले बताए ।

प्रतिकृया