• २१ असोज २०८३, बुधबार
  • ६ः०२ बिहान

राप्रपा महाधिवेशनमा मैनालीले गरे राजा महेन्द्रको प्रशंसा

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ०२:०५

१५ मंसिर २०७८, काठमाडौं : नेकपा एमालेका महासचिव सीपी मैनालीले राजा महेन्द्रको खुलेर प्रशंसा गरेका छन् । राप्रपाको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राजा महेन्द्र ‘राष्ट्रवादी’ रहेको बताए ।

National Life

उनले नेपालको राजनीतिक इतिहासमा भएका चार वटा राजनीतिक परिवर्तनमध्ये राजा महेन्द्रले गरेको परिवर्तन बाहेक अरु सबै परिवर्तन बाह्य हस्तक्षेपको अवाञ्छित परिणाम रहेको दाबी गरे ।


उनले भने, ‘हामीमाथि थोपरिएका बाह्य प्रभाव र हस्तक्षेपलाई हामीले अनदेखा गर्यौं ।’

Classic Tech Mobile
Classic Tech Desktop

राजा महेन्द्रले दिल्ली हस्तक्षेपबाट भएका परिवर्तनलाई खारेज गरिदिएको उनको भनाइ थियो । ‘सिंगो नेपाल भारतमा गाभिएको सिक्किमजस्तो हुनबाट रोक्न पृथ्वीनारायण शाहपछि कसैले कदम चालेको छ भने त्यो राजा महेन्द्रले नै हो,’ उनले भने, ‘संविधानसभा हाम्रो ७ दशकदेखिको एजेण्डा भनेर नेताहरुले भन्दै आउनु भएको छ, ००९/०१० सालमा संविधानसभा गर्न पाएको भए नेपाल सिक्किम भइसक्थ्यो ।


महेन्द्रले त्यो बुझेर तुहाइदिनुभयो ।’उनले अगाडि भने, ‘सीपी मैनाली राजा महेन्द्रलाई राष्ट्रवादी भन्छ ।’

प्रतिकृया