• २१ असोज २०८३, बुधबार
  • ५ः५४ बिहान

राप्रपाको महाधिवेशनमा प्रधानमन्त्री देउवा सहभागी हुने

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ०१:५६

१५ मंसिर २०७८, काठमाडौ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन् । आजबाट काठमाडौंमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको पनि उपस्थिति रहनेछ ।

National Life

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवा २ बजेतिर राप्रपा महाधिवेशनमा सहभागी हुने कार्यक्रम छ । पार्टीको महाधिवेशन सम्बन्धी गतिविधिका कारण राप्रपाको महाधिवेशन ढिलो गरी जान लागेको उनको सचिवालयले बताएको छ ।

प्रतिकृया