• १९ असोज २०८३, सोमबार
  • ८ः५५ राती

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा दिप प्रज्वलन कार्यक्रम

प्रकाशित मिति

२०७८ मंसिर १० गते, शुक्रबार १०:१५

९ मंसिर २०७८, भक्तपुर : भक्तपुरमा लैङ्गिक हिंसा विरुद्ध दिप प्रज्वलन गरी १६ दिने अभियानको कार्यक्रम शुरु गरिएको छ ।

National Life

‘अरेन्ज द वल्र्ड, इन्ड भायोलेन्स अगेइन्स्ट वुमन’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘घर बाटै शुरु गरौं, महिला हिंसा अन्त्य गरौं ‘ भन्ने राष्ट्रिय नाराका साथ ३० ओैं अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवश एंव लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिनको अवसरमा स्थानीय सभा नगरकोट भक्तपुरको आयोजनामा र मानव अधिकार संचार प्रतिष्ठान नेपालको समन्वयमा भक्तपुरको तेलकोट चोकमा सन्देश मुलक पोष्टरहरु बोकेर दिप प्रज्वलन गरि मनाईएको हो ।


विश्व भरि मनाईने दिवशमा लैङ्गिक हिंसा अन्त्य गर्दै समता मुलक समाज निमार्ण गर्न लैङ्गिक समानता आजको अपरिहार्य रहेको र समाज र राष्ट्रलाई समृद्ध तर्फ लम्काउन समेत हिंसा, दुव्र्यवहार जस्ता घटनाहरु हुन नदिन र भई हाल चुप नबस्न सबै पक्ष सचेत र सहजक हुनु पर्ने स्थानीय सभा संयोजक श्रीराम लामिछानेले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ६ का कार्यबाहक वडा अध्यक्ष सुजेन्द्र मुनाकर्मीले महिला हिंसा अन्त्यको लागि घर बाट शुरु हुनु पर्ने र हिंसा गर्ने विरुद्धमा सबै पक्ष एक भएर शून्य सहनशीलता अपनाएर पिडकलाई कानुनी दायरामा ल्याई पिडित लाई कानुन समत न्याय दिलाउन सबै पक्ष गम्भीर भएर लाग्नु पर्ने र उजुरी गर्न डराउन नहुने कुरामा जोड दिए ।

प्रतिकृया