थप ३०८ जनामा सङ्क्रमण पुष्टि, ३ जनाको मृत्यु
प्रकाशित मिति
२०७८ मंसिर ९ गते, बिहीबार ०५:०६
९ मंसिर २०७८, काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ भने कोभिड–१९ को सङ्क्रमणबाट आज ३ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २८१ र एन्टिजेन विधिबाट २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप २९८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १ हजार ४२० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । हाल देशभर ७ हजार ३४९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
हालसम्म देशभर ११ हजार ५१६ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ७७ हजार ८८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ७५ लाख २१ हजार ५२३ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ८१ लाख ५३ हजार ७३४ जनाले पूर्ण मात्रा र ९३ लाख ६७ हजार ७८९ जनाले कम्तीमा एक मात्रा खोप लगाएकोो मन्त्रालयको भनाइ छ ।








प्रतिकृया