• २० असोज २०८३, मंगलबार
  • १२ः४४ दिउँसो

जबरा संलग्न इजलासमा न्यायाधीशहरू नबस्ने

प्रकाशित मिति

२०७८ मंसिर ९ गते, बिहीबार १०:०८

९ मंसिर २०७८, काठमाडौं : गोलाप्रथाबाट पेशी व्यवस्थापन भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संलग्न इजलासमा सर्वोच्च अदालतका न्यायाधीशहरू सामेल नहुने भएका छन् ।

National Life


बुधबार प्रधानन्यायाधीश जबरा बाहेक सर्वोच्च अदालतमा बसेको १८ जना न्यायाधीशहरुको बैठकले गोलाप्रथा शुरु भएपछि समेत प्रधानन्यायाधीश संलग्न इजलासमा सामेल भएर सुनुवाइ गर्न असम्भव हुनेमा सबै न्यायाधीश एकमत भएका हुन् ।


‘हामीबाट यति धेरै संगिन आरोपहरु प्रस्तुत गरिएको छ र अहिले तिनलाई हामीले फिर्ता लिएको अवस्था समेत छैन’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘आफैंले त्यति गम्भिर आरोप लगाएका व्यक्तिसँग इजलासमा बसेर न्यायसम्पादन गर्न सकिंदैन भन्नेमा हामी एकमत छौं ।’

Classic Tech Mobile
Classic Tech Desktop

उनले विहीबार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका सीमित पदाधिकारीहरुसँग १८ जनाले छलफल गर्ने र गोलाप्रथावारे छलफल गर्ने समझदारी बनेको जानकारी दिए ।


कानून व्यवसायीहरुसँगको छलफलपछि न्यायाधीशहरुले विहीबारका लागि नै पूर्ण बैठक तय गरेका छन् । यसअघिकै शैलीमा प्रधानन्यायाधीश जबरा बाहेकको पूर्ण बैठकले गोलाप्रथाबाट इजलास तोक्ने प्रणाली लागू हुने मिति निर्णय गर्नेछ । त्यसका लागि मंसिर १५ ९आगामी बुधबार०को मितिवारे मोटामोटी सहमति बनेको ती न्यायाधीशले बताए ।


प्रधानन्यायाधीशलाई अरु न्यायाधीशहरुले अस्विकार गरेकाले अझै केही महिना संवैधानिक इजलास भने बस्न नसक्ने देखिन्छ ।

प्रतिकृया